काठमाडौं। नेकपाका प्रभावशाली नेता तथा बाग्मति प्रदेशका अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन सक्ने बताएका छन्।
एक सञ्चारमाध्यमलाई विशेष अन्तर्वार्ता दिँदै नेता दाहालले पार्टी अध्यक्ष ओली नसच्चिए उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने बताएका हुन्।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका नेता दाहालले भने, ‘ जे जुन गर्वका साथ पार्टी एकता गरिएको थियो,त्यो अनुसार ओलीजी अगाडि बढ्नु पर्ने हो,त्यो अनुसार जानु भएन। यो संसारमा आफू बाहेक अरु देख्नु भएन। गणेशका अगाडि कुमार घुम्दा जस्तो आफनो वरिपरी घुम्ने दुईचार जना बाहेक।’
उनले अध्यक्ष ओलीको रिलाइजेशन नभएको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डलगायत ५ शीर्ष नेताहरुले जे भन्छन् ठिक त्यसको विपरी मात्र जान पर्ने जस्तो गरेको बताए। पार्टीले भनेको कुरा अध्यक्ष ओलीले नमाने केही अफ्ठारो भए पनि पार्टी गाडि बढ्ने उनले दावी गरे।
नेता दाहालले पार्टीलाई एकताबद्ध गर्दै मिलाएर जाने भनेर अहिलेसम्म सहेर यहाँसम्म आएको भन्दै अब लचकता अपनाउने ठाउँ नभएको बताए। राष्ट्रपतिको पछिल्लो क्रियाकलापप्रति संकेत गर्दै नेता दाहालले राष्ट्रपतिले जे गर्नुहुँदैन्थ्यो त्यो कार्य गर्दै आएको बताए। राष्ट्रपति सम्मानित संस्था हो, त्यसको सम्मान गर्न सक्नु भएन, उनले भने।
नेता दाहलले भने, ‛मन्त्रीलाई जानकारी नदिने मन्त्रिपरिषदको जानकारी भन्दै राष्ट्रपतिलाई अध्यादेश स्वीकृतको लागि पठाउने त्यो काम पटक्कै मिलेन। राष्ट्रपतिले विज्ञसँग बुझेर एक दुई दिन पर्खिनु पर्दथ्यो। र निर्णय लिनु पर्दथ्यो। तर, यहाँ त। त कुटे झै गर म रोए जस्तै गर्छु भयो।’



लोकपाटी न्यूज

