पुल्चोकमा ओलीले बादललाई भने : ‘प्रचण्ड छाेडेर मेरो कित्तामा आउनुस्’

kp-Oli_Badal-bhaanubhakta-Basanta_20201219074400
लाेकपाटी न्यूज

काठमाडौं। सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेपनि उनले अपेक्षित नतिजा हात पार्न असफल भएका छन्। छलफलमा आफूविरुद्धको राजनीतिक प्रतिवेदन फिर्ता लिन आग्रह गरेका ओलीलाई प्रचण्डले पुरानै जवाफ दिए।

प्रधानमन्त्री ओली ११ बजेर केही मिनेटमा खुमलटार पुगेका थिए भने त्यसको १५ मिनेटपछि उपाध्यक्ष वामदेव गौतम पुगेका थिए। तीन नेतावीच करिब एक घण्टा कुराकानी भयो।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डवीच भेटवार्ता भएको थियो। सो भेटवार्तामा प्रधानमन्त्री ओलीले प्रचण्डलाई नजिक ल्याउने प्रयासस्वरुप ‘म तपाईकै निवास खुमलटार आउँछु’ भनेका थिए। त्यही वाचा अनुसार शनिबार बिहान ११ बजेपछि प्रधानमन्त्री ओली प्रचण्डनिवास खुमलटार पुगेका हुन्।

ओली खुमलटार गएर प्रचण्डको पुच्छर बन्नुभएछ : भीम रावल

ओलीले खुमलटार छलफलमा आफूविरुद्धको राजनीतिक प्रतिवेदन फिर्ता लिन आग्रह गरेका थिए। तर ओलीको आग्रह प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेका छन्। छलफलमा उपस्थित गौतम भने ओलीले गरेको आग्रहप्रति मौन रहेका स्रोतले बताएको छ।

भेटमा अध्यक्ष प्रचण्डले ओलीलाई सरकारले गत मंगलबार ल्याएको अध्यादेश फिर्ता गर्न भनेका थिए। तर, जवाफमा ओलीले प्रचण्डले राजनीतिक प्रस्ताव फिर्ता नलिएसम्म आफूले अध्यादेश फिर्ता नलिने बताएका छन्। ‘तपाईले प्रस्ताव फिर्ता नलिएसम्म केही पनि हुन्नँ’ प्रचण्डसँग ओलीले भनेका थिए।

डेढ घण्टासम्म प्रचण्डसँग बसेर ओली गृहमन्त्री रामबहादुर थापा बादललाई भेट पुल्चोक पुगेका थिए। ओलीले गृहमन्त्री बादललाई आउँदो स्थायी कमिटी बैठकसम्ममा ‘कित्ता क्लियर’ गर्न सुझाव दिएका छन्।

आफ्नो पक्षमा तान्न ओलीले बादललाई थुप्रै आश्वसन दिइरहेका छन्। त्यही क्रममा आजको भेटमा ओलीले बादललाई तेस्रो शक्ति निर्माण गर्न पनि सुझाव दिएका हुन्। बालदनिकट स्रोतका अनुसार ओलीले बादललाई तीन वर्षदेखि सरकार सञ्चालनमा साथमा रहेको बताउँदै सरकारको प्रगति र दुर्गतिसहितको प्रतिवेदन स्थायी समितिमा ल्याउन आग्रह गरेको छन्।

सरकारको प्रगति र दुर्गतिको समीक्षा गर्न आग्रह गरेका ओलीले राजनीतिक बिग्रियो भने जस्तोसुकै परिस्थितिको निर्माण हुनसक्ने पनि बादलसँग भनेका थिए। बादलले भने आफू पार्टी एकताकै पक्षमा रहेको र त्यसकै लागि काम गर्ने अमुर्त जवाफ दिएका थिए।

नेकपामा प्रधानमन्त्री ओली समूह र अध्यक्ष दाहालसहित नेपाल समूहवीच पार्टी विधि र विधानमा चलाउने विषयमा तीव्र विवाद छ। २ अध्यक्षको २ वटा प्रतिवेदन स्थायी समितिमा छलफल भैइरहेको छ। पटकपटक केन्द्रीय समितिको बैठक सर्दै आएको छ। अझ गत मंगलबार संवैधानिक परिषदसम्वन्धी अध्यादेश नै जारी भएपछि विवाद अझै चर्किदै गएको हो।

यो पनि पढ्नुस्

ओलीले दिए राजनीतिक भेटघाटलाई तीब्रता, पार्टी विवादका बीच भेट कति अर्थपूर्ण ?

ओलीले पुल्चोकमा गृहमन्त्रीसहित तीन मन्त्रीसँग गरे छलफल