प्रधानमन्त्री ओली गृहमन्त्री बादल भेट्न पुल्चोक पुगे

PM-Badal-
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोक पुगेका छन्।

सचिवालय सदस्य एवम् गृहमन्त्री बादललाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास गएका हुन्। यसअघि प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। एक घण्टा वार्ता गरेर ओली खुमलटारबाट बाहिरिएका थिए।

 ओली–प्रचण्ड भेटवार्ता भइरहँदा उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए। केही समय तीनजना नेताबीच छलफल भएको थियो। ओली फर्किएपछि प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच केहीबेर कुराकानी भएको छ।