काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भएको छलफल सकिएको छ।
पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको भेटमा दुई अध्यक्षबीच पार्टीभित्र उत्पन्न विवाद समाधानका विषयमा कुराकानी भएको स्रोतले बताएको छ। खुमलटार स्रोतका अनुसार, आजको छलफलमा कुनै ठोस सहमति हुन सकेन।
करिब एक घण्टा चलेको छलफलमा नेता वामदेव गौतमको समेत सहभागिता रहेको थियो। ओली निस्किएपछि वरिष्ठ नेता माधव नेपाल प्रचण्डसँग छलफल गर्न खुमलटार पुगेका छन्। ओली निस्किएको केही समयपछि नेता गौतमसमेत खुमलटारबाट बाहिरिएका थिए। नेकपाभित्र जारी विवादकै निरन्तरतास्वरूप आजको छलफल भएको स्रोतले जनायो।



लोकपाटी न्यूज

