काठमाडौं। खुमलटारमा नेकपा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल चलिरहेको बेला उपाध्यक्ष वामदेव गौतम पनि पुगेका छन्।
आन्तरिक विवाद चुलिएपछि समाधान गर्न प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेको केहीबेरेपछि गौतम पनि छलफलमा सहभागी हुन पुगेका हुन्।
दुई अध्यक्षबीच खुमलटार छलफल चलिरहेको समयमा उपाध्यक्ष गौतम पनि वार्तामा सहभागी भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए।
ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पुगेका हुन्। ओली बिहान ११ बजे अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।
प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई दबाब दिँदै आएका छन्। तर ओली पनि आफ्नो अडानबाट पछाडि हटेका छैनन्।



लोकपाटी न्यूज

