ओली प्रवृत्तिमाथि हाम्रो जित हुनेछः झलनाथ खनाल

Jhalanath_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले व्यक्तिगत लाभका लागि राज्यसत्ताको चरम दुरुपयोग भएको बताएका छन्। शुक्रबार पेरिसडाडाँमा आयोजित कार्यक्रममा नेता खनालले प्रधानमन्त्री ओली सरकार र पार्टी दुवैतर्फ असफल भएकाले नयाँनयाँ संकट आउन थालेको टिप्पणी गरे। यद्यपि ओलीलाई सच्याउन आफूहरुले प्रयास जारी राखेको उनको भनाई छ।

पार्टी विधि र पद्दतिमा चले बहुमत सचिवालय सदस्यहरुको जित हुने उनले बताए। ‘कतिपयले पद पाउनु असन्तुष्टि भन्ने टिप्पणी गरेको सुन्छु। तर, त्यस्तो होइन। नेकपा विधि र पद्दतिमा हिडेँ हाम्रो जित हुनेछ।’ खनालको भनाइ थियो। यद्यपि एकीकरण भएबाटै पार्टी विधि र पद्दतिमा चल्न छोडेको उनले बताए।

‘पार्टी एकता ऐतिहासिक काम थियो। हामी उत्साहित र खुशी भयौं। तर, एकतालाई व्यक्तिगत लाभका नाममा दुरुपयोग गर्ने प्रयत्न भयो,’ खनालले भने। उनले पार्टी एकता एकीकरणको सुरुबाटै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरी गर्न थालेको बताए। बदमासी र मनपरीकै कारण अहिले पार्टीमा संकट देखिएको खनालको भनाइ थियो।