सिन्धुपाल्चोक। सिन्धुपाल्चोकका चार स्थानीय तहको लागि चीनको स्वशासीत क्षेत्र तिब्बत सरकारले सहायता सामाग्री प्रदान गरेको छ। विभिन्न प्राकृतिक विपत्तीमा परेका चार स्थानीय तहको लागि चीनको स्वशासीत क्षेत्र तिब्बत सरकारले सहायता सामाग्री प्रदान गरेको हो।
उक्त सहयाता सामाग्री एक समारोहका बिच शुत्रबार संघीय संसदका सभामुख अग्नि प्रसाद सापकोटाले स्थानीय तहहरुलाई हस्तान्तरण गरेका हुन्। तिब्बतको नेलम काउन्टीको सिगात्से नगरले सिन्धुपाल्चोकका भोटेकोशी गाँउपालिका, बाह्रविसे नगरपालिका , जुगल गाँउपालिका र चौतारा साँगाचोकगढी नगरपालिकालाई प्रदान गरेको हो।
आपतकालिन सहायता सामाग्रीको रुपमा चीनले कटन टेण्ट २४० थान, ब्ल्याङकेट ३०० थान र फ्लास लाइट ३०० थान सहयोग गरेको हो। सहायता सामाग्री हस्तान्तरण कार्याक्रममा सभामुख सापकोटाले आफुले गरेको अनुरोधलाई स्विकार्दै चीनीया पक्षले यस्ता सामाग्री प्रदान गरेकोमा धन्यवाद व्यक्त गरेका थिए। सापकोटाले यो सहयोग सामाग्रीको उचीत वितरण भएको प्रतिवेदन बुभाएपछि चिनले अझै यो भन्दा पनि महत्वपुर्ण सहयोग गर्ने आफूले जानकारी पाएको बताए।
सभामुख सापकोटाले अरनीको राजमार्ग व्यवस्थीत गर्नको लागि तथा बाढीपहिराबाट प्रभावित घरहरु निर्माणको लागी प्राधिकरणसंग छलफल गर्ने बताएका छन्। नेपाल चिनविचको सामरीक महत्व बोकेको एस नाका छिट्टै अझै व्यबस्थित ढंगवाट संचालन हुनेमा आफू विस्वस्थ रहेको सापकोटाले बताए।
सहयता सामाग्री बुझ्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले यस्ता सहायता समाग्रीले आफ्ना विपद्मा परेका जनतालाई हिँउदको चिसोमा धेरै न्यानो दिने बताए। जिल्लाका विपद्मा सभामुख सापकोटाले पहलदकमी लिदैं संरक्षण गर्दै आइरहेका भन्दै प्रशंसा गरे। जुरे पहिरो देखि नै विपत्तीमा परेको समयमा चिन सरकारले सिन्धुपाल्चोकलाई सहयोग गर्दै आएको छ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा जिल्ला समन्वय समिति प्रमुख सहित तामाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवम नेकपा जिल्ला विपत व्यवस्थापन समिति संयोजक माधव सापकोटा नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल चौतारा नगरपालिका प्रमुख अमान सिं तामाङ, भोटेकाशी गाँउपालिका अध्यक्ष राजकुमार पौडेल, लागायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो।



लोकपाटी न्यूज

