नेकपामा फेरि विवाद बढ्यो, छलफलमा जुटे ओली-प्रचण्ड

KP_Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले उनीहरुबीच छलफल जारी छ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्ष छलफलमा जुटेको पुष्टि गरे। अध्यादेश फिर्ता प्रकरणमा दुई अध्यक्षबीच फेरि विवाद चर्किएको छ। बुधबार अध्यक्षद्वय ओली र ‘प्रचण्ड’बीच भएको छलफल पछि अध्यादेश फिर्ता लिने सहमति बनेको थियो।

अध्यादेश फिर्ता लिने सहमति प्रधानमन्त्री ओलीले कार्यान्वयन नगरेपछि पार्टीमा असन्तुष्टि बढेको हो। प्रधानमन्त्री ओलीले सत्ता संकट टरेको सुनिश्चितता नभएसम्मका लागि अध्यादेशलाई ढाल बनाइराख्ने योजना बनाएपछि पार्टीमा विवाद बढेको हो। यस विषयमा अहिले दुई अध्यक्षबीच छलफल भइरहेको बताइएको छ।