काठमाडौं। आज नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ। बैठक संघीय संसद भवनमा बिहान १०ः३० मा बस्ने बताइएको छ।
यसअघि बसेको पदाधिकारी बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि काँग्रेसले अविलम्ब संसद अधिवेशन बोलाउन माग गरेको थियो।
यसै विषयमा पार्टीका सांसदहरुबीच थप छलफल र सरकारविरुद्धका आगामी कार्यक्रमहरुका विषयमा छलफल गर्न काँग्रेसले बैठक बोलाएको हो।



लोकपाटी न्यूज

