काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसँग परामर्श नगरी संवैधानिक परिषद्को बैठक बोलाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सन्तुष्टि जनाएका छन्। प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुसँग परामर्श नगरी आकस्मिक रुपमा बिहीबार साँझका लागि संवैधानिक परिषद्को बैठक डाकेका थिए।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति बनेको बेला ओलीले अचानक संवैधानिक परिषद् बैठक बोलाएपछि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए। उनले प्रधानमन्त्री ओलीसँग करिब २० मिनेट छलफल गरेका थिए। छलफलका क्रममा उनले ओलीसँग भने, ‘तपाईँले संवैधानिक मर्यादा नाघेर काम गर्नुभयो। मसँग परामर्श नगरी बैठक डाक्नुभयो।’
प्रचण्ड ओलीको यस्तो हर्कतप्रति अन्तिम समयमा बैठक स्थगित भएको हो। स्रोतका अनुसार प्रचण्डले कड्किँदै ओलीसँग भनेका थिए, ‘तपाईँ कहिल्यै पनि सच्चिनुहुन्न। मसँग परामर्श नगरी बैठक डाक्नुभयो। अध्यादेश फिर्ता लिने भएपछि हामीले तपाईँलाई माफी दिएका हौँ।’



लोकपाटी न्यूज

