कांग्रेस प्रवक्ता शर्माले टेलिभिजन कार्यक्रम चलाउने

Ainaa pic
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टेलिभिजन कार्यक्रम चलाउने भएका छन्। उनले सामाजिक विषयवस्तुमा आधारित कार्यक्रम चलाउने भएका हुन्।

द होराइजन मल्टिमिडियाले निर्माण गर्ने उक्त कार्यक्रमको नाम ‘ऐना’ रहनेछ। २६ भागको उक्त कार्यक्रम माघ ७ गतेदेखि प्रसारणमा आउनेछ।

कार्यक्रम ऐना कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार राति ९ बजे एक घण्टा प्रसारण हुनेछ। बिहीबार पत्रकार सम्मेलन गरेर कार्यक्रम ऐनाबारे जानकारी दिइएको हो।

ग्लोबल आइएमई बैंकको प्रयोजन र चौधरी फाउन्डेसन र आइएनजी ग्रुपको सहप्रयोजनमा उक्त कार्यक्रम सञ्चालन हुनेछ।