‘पार्टी फुटाए जनताले सराप्ने छन्’

KrishnaGopal_Shrestha
लोकपाटी न्यूज

काठमाडौं। शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले जनताको अपार मायाको कारण सरकारको लोकप्रियता बढ्दै गएको बताएका छन्। चन्द्रागिरीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले सरकार र पार्टीबीच कुनै असमझदारी नरहेको पनि बताए।

‘मैले तपाईँहरूले उल्लेख गरेको विषयलाई पार्टीको उच्च तहमा पुर्‍याउनेछु,’ उनले भने, ‘आम कार्यकर्ताको सहयोगमा बनेको सरकार र पार्टी कुनै पनि हालतमा फुट्न दिँदैनौं।’ उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूरै अवधि टिक्ने दाबी गरे।

उनले नेकपा फुटको संघारबाट जोगिएको पनि बताए। अब मिल्नुको विकल्प नरहेको श्रेष्ठको भनाई थियो। ‘तपाईँहरू ढुक्क हुनुहोस, कुनै पनि हालतमा पार्टी फुट्दैन। फुट्न पनि दिँदैनौँ,’ उनले भने। नेकपाका कार्यकर्ताले मन्त्री श्रेष्ठलाई सरकारको साख जोगाउन आग्रह गरेका थिए।

‘पार्टी फुटाउँदा कार्यकर्ताको केही जाँदैन तर नेताको पद र सेवासुविधा गुम्ने त होला नि,’ व्यंग्यात्मक शैलीमा कार्यकर्ताले मन्त्री श्रेष्ठलाई भनेका थिए। ‘खबरदार! पार्टी फुटाउन पाइँदैन! पार्टी फुटे अपार जनातको मन रुन्छ, त्यसैले पार्टी फुटेर होइन जुटेरै अघि बढ्नुपर्छ।’