काठमाडौं। संवैधानिक परिषद् बैठक स्थगित भएको छ। बिहीबार साँझ ५ बजे बोलाइएको परिषद् बैठक अन्तिम समयमा स्थगित गरिएको हो।
स्रोतका अनुसार प्रधानन्यायाधीश पनि बैठकमा उपस्थित नहुने भएपछि बैठक स्थगित गरिएको हो। सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा यसअघि नै बैठकमा अनुपस्थित छन्।
प्रधानन्यायाधीश पनि उपस्थित नभएको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको उपस्थितिमा मात्रै बैठक गर्नुपर्ने हुन्थ्यो। अध्यादेशअनुसार पनि बैठकले निर्णय गर्नलाई अध्यक्षसहित ३ जना आवश्यक हुन्छ।


लोकपाटी न्यूज

