नेपाल थप ७७६ जनामा कोरोना, मृतकको संख्या कति ?

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा थप ७७६ जना कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा ७७६ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६,५८८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। सो अवधिमा छ जनाको कोभिड-१९ का कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ५१,६०० नाघेको छ। मन्त्रालयले बिहीवार अपरान्ह प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि ९,५८० जनामा सक्रिय सङ्क्रमण छ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १,७४९ सङ्क्रमितको मृत्यु भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ। अहिलेसम्म कुल दुई लाख ४०,३६३ सङ्क्रमित निको भएको सरकारी तथ्याङ्क छ। नेपालमा सङ्क्रमित निको हुने दर ९७.५ प्रतिशत छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्