संवैधानिक परिषदकाे बैठकमा जान्नँ : सभापति देउवा

sher Bahadur Deuwa
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद बैठकमा नजाने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ बोलाएको संवैधानिक परिषद बैठकमा नजाने कांग्रेस सभापति देउवाले बताएका हुन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म प्रतिपक्षी दलको नेता नजाने बताएका छन्।

शर्माले भने, ‘प्रधानमन्त्रीले परिषद बैठक बोलाउनुभएको जानकारी प्रतिपक्षी दलको नेतालाई आएको छ, अध्यादेश फिर्ता नभएसम्म प्रतिपक्षी दलको नेता परिषद बैठकमा जानुहुन्न।’

अध्यादेशबारे विरोध तीव्र भएपछि बुधबार नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा फिर्ता लिने सहमति भएको थियो।

मंगलबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परिषदसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। यो अध्यादेश फिर्ता लिन सत्तापक्ष साथै प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि माग गरेको थियो।