काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार (भोलि) संसदीय दलको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ।
बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलिरहेको भूमिकाबारे छलफल गर्ने बताइएको छ। पछिल्लो पटक संवैधानिक परिषदबारेको अध्यादेश जारी गर्ने विषयमा खेलेको भूमिकाबाछि राष्ट्रपति भण्डारी थप विवादमा तानिएकी छन्। कांग्रेस संसदीय दलले अध्यादेश जारी गर्ने विषयमा राष्ट्रपति भण्डारीले खेलेको भूमिकाबारे गम्भीर छलफल गर्ने भएको जनाएको छ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले राष्ट्रपतिले दलको नेता जसरी भूमिका खेलेकाले उनले हालका पछिल्ला राजनीतिक विषयमा खेलेको भूमिकाबारे संसदीय दलको बैठकमा छलफल हुने जानकारी दिए। त्यसैगरी अहिले जारी भएको अध्यादेशपछिको अवस्था, संसद्को हिउँदे अधिवेशन बोलाउने विषयलगायतका विषयमा छलफल हुने उनले बताए।



लोकपाटी न्यूज

