काठमाडौं। नेपाली कांग्रेसले तत्काल संघीय संसदको बैठक बोलाउन माग गरेको छ। कांग्रेसका वर्तमान र पूर्वपदाधिकारीहरुको काठमाडौंमा बसेको बैठकले तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग गरेको हो।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको नेताहरुको बैठकले तत्काल संसद बैठक बोलाएर वर्तमानमा देखिएका समस्याहरुको समाधान खोज्नुपर्ने माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
नेताहरुबीच करिब तीन घण्टा छलफलमा भएको थियो।
कांग्रेसले सरकारले जारी गराएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन पनि माग गरेको छ। मंसिर २९ गते सरकारविरूद्धको प्रदर्शनमा सहभागि भएका सबैलाई धन्यवाद दिएको छ।



लोकपाटी न्यूज

