नेपालमा थप ७३६ जनामा कोरोना, डिस्चार्ज कति ?

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा थप ७३६ जनामा कोरोना पोजिटिभ देखिएको छ। २४ घण्टामा नेपालमा थप ७३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। योसहित अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार नौ सय १६ जना पुगेको छ।

बुधबार थप आठ सय ४७ कोरोनामुक्त भएसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ३८ हजार पाँच सय सय ६९ छ। यस्तै गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण १३ जनाको ज्यान गएको छ।

योसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय ४३ पुगेको छ। नेपालमा अहिले नौ हजार सात सय ५७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन्। गएको २४ घण्टामा पाँच हजार पाँच सय ५५ जनाको पीसीआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्