काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता सुरु भएको छ।
नेकपाका सांसदद्वय भीम रावल र पम्फा भुसाल संघीय संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। यो सूचना पाएलगत्तै प्रधानमन्त्री ओलीले अर्का प्रचण्डलाई फोन गरेका छन्।
उनले संसदको विशेष अधिवेशन माग गर्दै शीतल निवास र्पुयाइएको हस्ताक्षर तत्काल फिर्ता लिन आग्रह गरेका छन्।जवाफमा प्रचण्डले पहिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनुुस् भनेका छन्।
स्रोतका अनुसार फोनमै दुई नेताबीच केहीबेर भनाभन भएको थियो भने अहिले दुई नेता छलफलमा जुटेका छन्।



लोकपाटी न्यूज

