पोखरा। पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशमा एकतन्त्रीय जस्तो शासन गर्न खाजेको भन्दै त्यसको विरोधमा जनता समाजवादी पार्टी कास्कीले पुत्ला जलाएको हो।
चिप्लेढुंगा मानव अधिकार चोक हुँदै महेन्द्रपुलमा पुगेर जसपाले ओलीको पुत्ला दोहनसँगै कोण सभा गरेको थियो। कोण सभामा बोल्दै जसपा केन्द्रीय सदस्य देवी सुवेदीले केपी ओलीको इशारामा चलेर राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत अध्यादेश जारी भएको बताए। कोभिड-१९ को संकटबाट देशलाई र जनतालाई बचाउन काम गर्दा भनेको सरकारले सत्ताका लागि अध्यादेश ल्याएर संवैधानिक अधिकार खासेको सुवेदीको भनाइ छ।
जसपा प्रदेश अध्यक्ष मोति रिजालले ओली सरकारले अध्यादेश ल्याएर गणतन्त्रकै हरण गरेको बताए। यो दिनलाई आफूहरुले कालो दिनका रुपमा हेरको बताए। ओलीले ल्याएको अध्यादेश, भ्रष्टाचारको विरुद्धमा समाजवादीले आन्दोलन थालेको उनको भनाइ थियो। प्रदेश उपाध्यक्ष दीपक तामाङलेसंघीय लोकतान्त्रिक गणतन्त्र भएको देशमा ओलीले ल्याएको अध्यादेश इतिहासकै खराब दिनका रुपमा रहने बताए।
ओलीको अध्यादेश लोकतन्त्र माथिकै बज्रपात भएको उनको भनाइ थियो। समाजवादीका विद्यार्थी संगठन नेता नेत्र चापागाईंले यो केपी ओली ल्याएको अध्यादेशविरुद्धमात्रै होइन, लुटतन्त्र र नेपाली जनताको लोकतन्त्रबीचको लडाइँ भएको बताए। ‘यो लडाइँमा लुटतन्त्रले हार्छ र लोकतन्त्रले जित्छ,’ चापागाईंले भने, ‘लुटतन्त्र हटाउन अब चोकचोकमा जनता जागेका छन्।’



लोकपाटी न्यूज

