संसद्‌को विशेष अधिवेशन माग गर्दै नेकपाका सांसद पुगे शीतलनिवास

sital_nibas
लोकपाटी न्यूज

काठमाडौं। संसदको अधिवेशन माग गर्दै नेकपाका केही सांसदहरु शीतलनिवास पुगेका छन्। नेकपाका नेताहरू भीम रावल, पम्फा भुसाललगायतका नेताको नेतृत्वमा केही सांसदहरु शीतलनिवासमा पुगेका हुन्।

सांसदको हस्ताक्षरसहितको निवेदन लिएर उनीहरु बुधबार नेकपाका राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको नेकपा स्रोतले बताएको छ। उनीहरुले सरकारले ल्याएको अध्यादेश तत्काल जारी गरेको सन्दर्भमा पनि राष्ट्रपतिसँग आफ्नो चासो व्यक्त गरेका छन्।

राष्ट्रपति कार्यालय पुगे पनि हस्ताक्षरसहितको निवेदन बुझाउन नपाएको बुझिएको छ। उनीहरु अहिले शीतल निवासमै रहेका छन्।