काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाध्य पार्न सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन्।
बुधवार बोलाइएको कांग्रेस पदाधिकारी बैठकअघि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सांसद थापाले बरालिएका ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पार्न, उपसभामुख नभएसम्म संवैधानिक परिषद् बैठकमा नजान र संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पार्न सुझाव दिएका हुन्।
थापाले लेखेका छन्, ‘संविधानको धारा ९३९३० अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔं। उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौं। उपसभामुख विनाको संवैधानिक परिषद् बैठक अस्वीकार गरौं। संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौं।’
.@DeubaSherbdr तथा शीर्ष नेताज्यूहरू,
पार्टी बैठकमा हामीले भनेका थियौँ;बरालिएका @PM_Nepal लाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पारौं,उपसभामुख नभएसम्म संवैधानिक परिषद बैठकमा नजाऔँ,संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पारौँ।
यी विषयलाई त्यो बेला मनन नगर्दा आजको परिस्थिति आएको छ।— Gagan Thapa (@thapagk) December 16, 2020



लोकपाटी न्यूज

