काटमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अघि पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा अहिले दुई अध्यक्षबीच भेटवार्ता चलिरहेको छ।
बालुवाटार स्रोतका अनुसार अहिले ओली-प्रचण्डबीच आजको बैठकको एजेण्डाका बारेमा छलफल भइरहेको छ। ‘बालुवाटार आउनुभएको छ। अहिले छलफलमा हुनुहुन्छ। बैठककै बारेको छलफल हो,’ स्रोतले भन्यो। संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि अहिले दुई अध्यक्षबीच छलफल भइरहेको छ र उनीहरूको छलफलपछि नेकपा स्थायी कमिटी बैठक बस्ने जानकारी दिए।
विहानै आजको बैठक स्थगित गर्न ओलीले आफू निकट नेता शंकर पोखरेललाई खुमलटार पठाएका थिए। ओलीले आफ्ना दूत शंकर पोखरेल मार्फत बुधबारको स्थायी समिति बैठक सार्ने प्रस्ताव प्रचण्डसम्म लगेको थिए। तर प्रचण्डले त्यसलाई अस्वीकार गरेका छन्। बुधवारको बैठकमा ओलीले ल्याएको अध्यादेश विरुद्ध निर्णय गर्ने प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूहको तयारी छ। स्थायी कमिटीको बैठक अहिले १ बजे बालुवाटारमा बोलाइएको छ।



लोकपाटी न्यूज

