बिना मगरको नाममा नक्कली ट्वीटर, भ्रममा नपर्न सचिवालयको आग्रह

Bina magar
लोकपाटी न्यूज

काठमाडौं। खानेपानी मन्त्री बिना मगरको नामबाट नक्कली ट्वीटर एकाउण्ट बनाई अनावश्यक विषयहरु ट्वीटरमार्फत् पोष्ट गरिएको सम्बन्धमा मन्त्रीको सचिवालयले भ्रमित नहुन सबैमा अपिल जारी गरेको छ।

ट्वीट गरिएका कतिपय विषयले आम मानिसमा भ्रम सिर्जना गरेकाले यस्तो नक्कली एकाउण्ट बन्द गरिदिन नेपाल प्रहरीको साइबर ब्यूरोमा अनुरोध गरिएको मन्त्रीको निजी सचिव गुणराज श्रेष्ठद्वारा जारी गरिएको अपिलमा भनिएको छ।

‘मन्त्रीज्यूको नाममा खोलिएको नक्कली ट्वीटर एकाउण्ट २mबनबचदष्लबज्ञद्दघ बाट अनावश्यक विषयहरु ट्वीट गरी सञ्चार जगत र आम नागरिकहरुमा भ्रम सिर्जना गरिएकाले उक्त एकाण्ट बन्द गर्न प्रहरीमा अनुरोध गरिसकिएको छ।’ निजी सचिव श्रेष्ठले भने।

‘उक्त नक्कली ट्वीटरमा पोष्ट गरिएका सामग्रीबाट भ्रमित नहुन सञ्चारकर्मी एवं सम्पूर्ण नेपालीहरुमा अनुरोध गर्दछौं।’ श्रेष्ठद्वारा जारी गरिएको अपिलमा भनिएको छ।

Press Note About Fake Twitter Account (1)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्