राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाउ : डा.बाबुराम भट्टराई

Baburam-Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन्।

डा. भट्टराईले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् राष्ट्रपति भण्डारीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको भन्दै महाअभियोग लगाउनु पर्ने बताएका हुन्।

तत्काल संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनु पर्ने उनको भनाइ छ। प्रधानमन्त्री केपी ओली र राष्ट्रपति भण्डारीको कदम संविधान विरोधी रहेकाले वक्तव्यवाजी वा गनगन मात्रै नगरेर महाअभियोग प्रक्रियामा जानुपर्ने उल्लेख गरेका छन्।

सरकारले मंलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि चौतर्फी रुपमा विरोध भईरहेको छ।