काठमाडौं। नेकपा स्थायी समिति सदस्य शंकर पोखरेल प्रचण्ड भेट्न खुमलटार पुगेका छन्। अध्यादेश प्रकरणपछि नेकपाभित्रको आन्तरिक किचलो थप बढ्ने संकेत देखिएको छ।
यस्तो बेला नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न बुधबार बिहानै खुमलटार पुगेका हुन्। श्रोतका अनुसार लुम्विनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल ओलीको दूतका रुपमा खुमलटार पुगेका हु्न।
आज (बुधबार) बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता गर्न निर्देशन दिने तयारी नेताहरुले गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले मंगलबार पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएपछि त्यसको चर्को विरोध भइरहेको छ।
खासगरी प्रचण्ड -नेपाल पक्ष नेता तथा प्रमुख प्रतिपक्ष दल कांग्रेसले असंवैधानिक ढंगले अध्यादेश ल्याएको भन्दै खारेज गर्न माग गरेका छन्। ओलीले सहमति र छलफलबिनै अध्यादेश ल्याउपछि नेकपामा विवाद थप बढ्ने संकेत देखिएको छ।



लोकपाटी न्यूज

