अध्यादेश समस्याको समाधान होइन, संवैधानिक परिषदको संरचनामै गम्भिर त्रुटि छ : नेकपा मसाल

Mohan Bikram pic
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (मसाल)  ले सरकारले मंगलबार जारी गरेको अध्यादेशको विरोध गरेको छ।  प्रतिनिधिसभामा एक सिटको प्रतिनिधित्व गर्ने नेकपा (मसाल) ले सरकारले जारी गरेको अध्यादेशको विरोध गरेको हो।

नेकपा मसालले संवैधानिक परिषदको संरचनामै त्रुटि रहेको भन्दै संसदले त्यसलाई सच्याउनुपर्ने जारी विज्ञप्तिमा जनाएको छ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ती जारी गर्दै लामो समय

देखि संसद बस्न नसकेको र सरकारले अध्यादेशद्वारा नै शासन गर्ने नीति अपनाएको भन्दै लोकतान्त्रिक प्रणालीका विरुद्ध रहेको जनाएका छन्।

सिंहले भनेका छन्, ‘संवैधानिक परिषदको बैठक हुन नसक्दा संवैधानिक नियुक्तिहरुमा लगातार बाधा पुग्ने गरेको छ। त्यसबाट देशलाई धेरै नै क्षति पुग्ने गरेको छ। त्यसबाट के देखिन्छ भने संवैधानिक परिषदको संरचनासम्बन्धी संविधानको संरचनामा नै त्यही गम्भीर प्रकारको त्रुटि छ।’