काठमाडौं। संसदीय सुनुवाई विशेष समितिको वर्तमान संरचनाले संवैधानिक परिषदबाट भएका निर्णयहरु अनुमोदन हुन मुस्किल देखिन्छ।
समितिमा लक्ष्मणलाल कर्ण र अन्य १३ सदस्य रहेका छन्। समितिका १३ सदस्यमा ८ जना सत्तारुढ नेकपाका, चारजना प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका छन् भने एकजना जनता समाजवादी पार्टीका रहेका छन्। सभापति कर्ण समाजवादी पार्टीका हुन्।
समितिमा रहेका सुमन प्याकुरेल र निरु पाल मात्र प्रधानमन्त्री ओली निकट मानिन्छन्। दुई जना बाहेक नेकपाका ६ जना प्रचण्ड( नेपाल पक्षका सांसद छन्। साथै नेपाली कांग्रेस र जनता समाजवादीका सांसदहरु पनि विपक्षमा उभिदाँ दुई तिहाइ भन्दा धेरैले संवैधानिक परिषद्ले गरेको सिफारिस अस्विकृत हुनसक्छ।



लोकपाटी न्यूज

