काठमाडौं। कांग्रेसले बुधबार पदाधिकारी बैठक बोलाएको छ। दिँउसो एक बजे बोलाइएको बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी उपस्थित हुने छन्।
राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र उत्पन्न परिस्थितिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र प्रधानमन्त्रीको इच्छाअनुसार राष्ट्रपति चलेको भन्दै यसको विरोध गरिने बताए।
अध्यादेश, सरकारको सर्वसत्तावादी रवैया र राष्ट्रपतिको भूमिकाको विषयमा समेत छलफल गरेर पार्टीभित्र साझा धारणा बनाउन पदाधिकारीको बैठक गर्न लागिएको हो, नेता पौडेलले भने।


लोकपाटी न्यूज

