काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन्।
नेकपा प्रवक्ता श्रेष्ठले सरकारले मंगलबर ल्याएको अध्यादेश सार यसअघि जारी गरेर फिर्ता गरिएको अध्यादेश भएको भन्दै अध्यादेश फिर्ता लिनुपर्ने बताएका हुन्।
मंगलबार फेसबुक पेजमार्फत् प्रवक्ता श्रेष्ठले सत्तारुढ दलको स्थायी कमिटी बैठक चलिरहेको र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आएका बेलामा प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत भएको बताएका छन्।



लोकपाटी न्यूज

