९३६ कोरोना संक्रमित थपिए, संक्रिय संक्रमित कति ?

Corona_treatment
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा थप ९३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। १४ जनाको कोरोनासँग सम्बन्धित कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। केही सातायता दैनिक हुने परीक्षणको सङ्ख्या घटे पनि काठमाडौं  उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी छ। यो वृद्धिसँगै देशभरि सङ्क्रमितको सङ्ख्या साढे दुई लाख नाघेको छ।

मन्त्रालयका अनुसार थप १,९९६ जना निको भएसँगै कोभिडमुक्त भएका सङ्क्रमितको सङ्ख्या २,३८,५६९ पुगेको छ।अहिले देशभरि ९,८८१ जनामा संक्रिय सङ्क्रमण रहेको र तीमध्ये अधिकांश काठमाडौं उपत्यकामा भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

अहिले नेपालमा पीसीआर परीक्षण गरिएका नमुनामध्ये १३. ६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। तर पर्याप्त परीक्षण नभएकाले यो तथ्याङ्कले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक स्थिति प्रतिविम्बित नगर्ने जनस्वास्थ्यविद्हरूको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्