काठमाडौं। नेकपाका नेता जनार्दन शर्माले राष्ट्रपतिबाट जारी अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन्। सत्ता स्वार्थको परकाष्ठा किन? शर्माले प्रश्न गरेका छन्। छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन नसक्ने शर्माको भनाई छ।
फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन। हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर।’ उनले फेसबुकमा लेखेका छन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले मंगलबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) मोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी -पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन्।
आइतबार र मंगलबार बसेको संवैधानिक परिषदमा गणपुरक संख्या पुगेको थिएन। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने संवैधानिक प्रावधान छ।


लोकपाटी न्यूज

