काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् ऐन संसोधन अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा अध्यादेश जारी गरेकी हुन्। जारी गरिएको अध्यादेशमा संवैधानिक परिषदको बैठकका लागि आवश्यक पर्ने गणपुरक संख्या घटाइएको छ।
संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ को दफा ६ मा रहेको गणपुरक संख्यालाई अध्यादेशमार्फत् फेरबदल गरिएको स्रोतले दाबी गरेको छ।
दफामा परिषद्को बैठक बस्नका लागि अध्यक्षसहित कम्तिमा परिषदका चार जना सदस्य उपस्थित हुुनुपर्ने व्यवस्था छ। मंगलबार बिहान बोलाइएको बैठकमा सभामुख उपस्थित नभएपछि प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश जारी गराएर साँझ ५ बजे अर्को बैठक बोलाएका छन्। यसअघि गत वैशाखमा ८ गते पनि सरकारले उक्त अध्यादेश जारी गरेको थियो।


लोकपाटी न्यूज

