रासायनिक मल खरिद गर्न बंगलादेश जाने सरकारी टोलीको तयारी

लोकपाटी न्यूज

काठमाडौं। रासायनिक मल खरिद गर्न सरकारी टोली बंगलादेश जाने भएको छ। बंगलादेशसँग मल खरिद गर्न नेपाल र बंगलादेशका सरकारबीच (जिटुजी) मार्फत मल खरिदका लागि समझदारी गर्न नेपाली टोली बंगलादेश जान लागेको हो।

कृषि सामाग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीको नेतृत्वमा चार सदस्यीय टोली बङ्गलादेश जान लागेको हो। टोलीले बङ्गलादेश सरकारलाई मल खरीदको प्रस्ताव भोलि पेश गरेर सम्झौता गर्ने पनि मन्त्रालयले जनाएको छ।

गत मंसिर १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेश सरकारसँग पचास हजार मेट्रिकटन युरिया मल सरकार  सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्