काठमाडौं।सभामुख अग्नीप्रसाद सापकोटा संबैधानिक परिषद्को बैठक अनुपस्थित भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संबैधानिक परिषद्को बैठकको प्रक्रिया नपुगेको भन्दै उनी अनुपस्थित भएका हुन्।
सभामुखको सचिवालयले संवैधानिक परिषद्को सदस्यलाई यसअघि बैठकको एजेण्डाका विषयमा जानकारी दिइने गरेको भएपनि यो पटक भने औपचारिकताका लागि मात्रै पत्र पठाएको जनाएको छ।
यसअघि मंसीर २८ गते डाकिकएको संबैधानिक परिषद् बैठकमा सभामुख सापकोटालाई जानकारी नदिइएकोले बैठकमा उपस्थित नभएको सभामुख सचिवालय श्रोतले बतायो। सभामुख सापकोटाले प्रक्रिया मिचेर आफूखुसी बोलाइएको बैठकमा लाप्चे हान्नकै लागि बैठकमा उपस्थित नभएको बताए।
यसैबीच, सभामुख अग्नीप्रसाद सापकोटा संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछिसंवैधानिक परिषद्को बैठक स्थगित भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे बोलाएको बैठकमा सभामुख सापकोटा उपस्थित नहुँदा ‘कोरम’ नपुगेर बैठक स्थगित भएको हो। बैठक आजै साँझ ५ बजे बस्नेगरी स्थगित भएको छ।
बैठकका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र विपक्षी दलका नेता शेरबहादुर देउवा बालुवाटार पुगेका थिए। परिषद्को बैठकको कोरम पुग्न प्रधानमन्त्री बाहेक चार सदस्य उपस्थित हुनुपर्ने कानूनी व्यवस्था छ।


लोकपाटी न्यूज

