काठमाडौं। जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सरकारको कुशासनले दक्षिणपन्थी शक्ति अघि आउने खतरा औँल्याएका छन्। सामाजिक सञ्जालमार्फत डा. भट्टराईले कुशासनबाट वाक्क भएका जनताको काँध चढेर चरम दक्षिणपन्थी शक्तिहरू अघि आउने खतरा रहेको बताएका हुन्।
उनले ओली नेतृत्वको सरकार वाम सरकार नभएको टिप्पणी पनि गरेका छन्। अहिलेको सरकार वाम खोल ओढेको दक्षिणपन्थीको सरकार भएको डा. भट्टराईको भनाई छ। त्यस कारण नेपालमा अग्रगामी विकल्प निर्माणको आवश्यकता रहेको उनले बताएका छन्। अग्रगामी विकल्प निर्माणको लागि समय आइसकेको उनले बुझाई छ।
उनले लेखेका छन्, ‘नेकपा सरकार वाम खोल ओढेको दक्षिणपन्थी सरकार हो! यसको तीनबर्षे कुशासनबाट वाक्क भएका जनताको काँध चढेर चरम दक्षिणपन्थी र नरम दक्षिणपन्थी शक्तिहरू अघि आउने खतरा बढ्दै छ है! भेडाको छाला ओढेको ब्वाँसोको विकल्प आफ्नै छाला/रङ्ग सहितको ब्वाँसो हुन सक्दैन। वेलैमा अग्रगामी विकल्प निर्माण गरौँ!’


लोकपाटी न्यूज

