काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को राजनैतिक प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। अरुण गाउँपालिका पार्टीको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रदेश सांसद माननीय राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा भएको उक्त राजनैतिक प्रशिक्षण कार्यक्रममा भोजपुर जिल्ला पार्टी सचिव बिमल खड्का लगायत जिल्ला स्तरिय नेताहरुको समेत उपस्थिति रहेको थियोे।
कार्यक्रममा बोल्दै प्रमुख अथिती माननीय राजेन्द्र कुमार राईले पार्टीको साङ्गठानिक काम करिब ९० प्रतिशत पूरा भैसकेको हुनाले पनि राजनैतिक, वैचारिक तथा सैद्धान्तिक पाटोलाई बिशेष जोड दिँदै आएको बताए।
अरुण पार्टी सचिब नारायण घिमिरेको सञ्चालन तथा अध्यक्ष बलभद्र राईको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिका स्तरिय नेता तथा जनबर्गिय संगठनका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियोे ।



लोकपाटी न्यूज

