देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ४ डिग्री

Mausam_Chiso
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौंको उपत्यकामा आज यसवर्षको जाडो सुरु भएपछिकै कम तापक्रम मापन गरिएको छ। आज बिहान काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको हो। आइतबार बिहान ५ डिग्री सेल्सियस मापन गरिएकोमा दिउँसो फेरि घटेर ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो। आज पहाडी क्षेत्रका केही ठाउँमा मौसम आंशिक बद्ली भएको छ।

पश्चिमी वायुको प्रभावका कारण केही ठाउँमा मौसम आंशिक बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले तराईका धेरैजसो ठाउँमा भने कुहिरो लागेको छ।

दिउँसो कुहिरो हटेर घाम लाग्ने महाशाखाका मौसमविद् निराजन सापकोटाले बताए। अरु ठाउँको मौसम भने सामान्य बद्ली रहने अनुमान छ। आजराति प्रदेश १ र २ का पहाडी क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्