स्याङ्जा। स्याङ्जाको हरिनास गाउँपालिका फेदिमा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्। शनिबार एक कार्यक्रमको आयोजना गरी कांग्रेसका १९ जना स्थानीय नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका स्थानीय नेता किरण मानन्धरले जानकारी दिए।
पार्टी प्रवेश गर्नेहरुमा हरिनास २ फेदिबाट खिम बहादुर थापा, सुनिता थापा, ड्न्म बहादुर थापा, धन माया थापा, रेशम बहादुर थापा, सुमित्रा थापा, गङ्गा देवि थापा, धन माया थापा, टिका बहादुर थापा, सङ्गिता थापा, कल्पना थापा, गिना माया थापा, देवि माया थापा, फेन कुमारि थापा, विशाल थापा, चन्द्र बहादुर थापा,खिम कुमारी थापा रेशम थापा, दल बहादुर थापा रहेका छन्। गाउँपालिकाका अध्यक्ष खेमनारायण मान्नधरले नवप्रवेशीहरुलाई टीका, माला, खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

यसअघि पनि हरिनास गाउँपालिकामा कांग्रेसका ६ सयभन्दा बढी नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए। गाउँपालिकाका अध्यक्ष मान्नधर विकास निर्माणको काम गरेर जनतामाझ लोकप्रिय बनेका छन्। उनले हरेक शनिबार अध्यक्षसँग जनता कार्यक्रम गर्दै आएका छन्। गाउँपालिकाभित्रका हरेक क्षेत्रमा पुगेर उनले जनताको समस्या सुन्ने र समस्या समाधान गर्दै जाने प्रतिवद्धता जनाएका छन्।
जिल्लाकै कान्छो सरकार प्रमुखको लोकप्रियता सगंसँगै हरिनास गाउँपालिकामा कांग्रेस परित्याग गरी नेकपा प्रवेश गर्ने जनलहर बढेको छ। गाउँपालिकाका अध्यक्ष मान्नधरले नेपालमा पहिलो कार्यक्रम जनतासँग अध्यक्ष सञ्चालन गरेका हुन्।



लोकपाटी न्यूज

