कक्षा ११ र १२ को निशुल्क पढाई

sirinja-gaupalika
लोकपाटी न्यूज

ताप्लेजुङ। ताप्लेजुङको सिरीजंघा गाउँपालिकामा कक्षा ११ र १२ को पढाई निस्शुल्क गरिएको छ। गाउँपालिका भित्रका सबै विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने प्रत्येक विद्यार्थीलाई यसै वर्षदेखि निशुल्क पढाइने भएको हो।

निशुल्क शिक्षा, हामी सबैको इच्छा कार्यक्रम सञ्चालन कार्यविधि २०७७ पारित गरेर कार्यान्वयनको चरणमा प्रवेश गरेको गाउँपालिकाले जनाएको छ। उक्त कार्यविधि आज बसेको कार्यपालिका बैठकले पारित गरेको हो।

संविधानमा व्यवस्था भएको शिक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्दै आफ्नो क्षेत्रका जनतालाई स्थानीय सरकारको प्रत्यक्ष उपस्थितिको बोध गराउने उद्धेश्यले निशुल्क पढाईको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्