काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले पार्टीमा उत्पन्न विवादको समाधानको एक मात्र बाटो दुई अध्यक्षबीच सहमति भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले दुई अध्यक्षबीच सहमति बने पार्टीमा उत्पन्न विवाद समाधान भएर जाने बताए।
उनले अल्पमत र बहुमतबाट पार्टीभित्र देखिएको समस्या समाधान हुन नसक्ने पनि दाबी गरे। बहुमत र अल्पमतमा जाँदा एकले अर्कोलाई समाप्त गर्ने स्थिति हुने भएकाले दुई अध्यक्षबीच सहमतिका लागि जोड दिन आवश्यक रहेको मन्त्री श्रेष्ठले बताए। उनले पार्टी बैठकमा दुवै अध्यक्षले पेस गरेका छुट्टा छुट्टै राजनीतिक दस्तावेदबाट नेकपाले निकास नपाउने पनि उनले बताए।
उनले आगामी महाधिवेशनपछि मात्र केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्ने बताए। पार्टी एकता दुई अध्यक्षका सहमतिबाट मात्रै सम्भव भएको र सहमतिको आधारमा पार्टीलाई सञ्चालन गर्ने भनिएकाले अहिले पनि दुई अध्यक्षबीच सहमति हुन जरुरी रहेको बताए। दुई अध्यक्षमध्ये एकले समझदारी छाडेपछि समस्या उत्पन्न भएको पनि मन्त्री श्रेष्ठले उल्लेख गरे।



लोकपाटी न्यूज

