नारायणकाजीविरुद्ध गरिएका षड्यन्त्र पर्दाफास गर्छौं : दीपशिखा

Ramprasad Sapkota Deepshikha
लोकपाटी न्यूज

काठमाडौं। नेकपाको भ्रातृ संगठन युवा संघका संयोजक रामप्रसाद सापकोटा (दीपशिखा) ले नेकपाका प्रवक्ता नाराणयकाजी श्रेष्ठविरुद्ध गरिएका षड्यन्त्रको पर्दाफास गर्ने बताएका छन्।

संयोजक दीपशिखाले एक अनलाईनसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन्।स्वर्गीय नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको नाम जोडेर बजारमा आएका हल्लाहरुका बारेमा पार्टी अन्तर्संघर्षको प्रभाव भएको बताएकी छन्।

उनले भने, ‘यो विषय अर्को पक्षधर अथवा अर्को विचार समूहको नेतालाई कसरी सिध्याउने भन्ने षड्यन्त्रबाट उपार्जन गरिएको हो। नेकपाभित्रका अवसरवादीहरुले नारायणकाजीका विरुद्ध षड्यन्त्र गरेका छन्। उनीहरुले बुनेको यो भद्दा षड्यन्त्रको जालोमा उनीहरु आफैँ फस्ने पक्का छ। यो षड्यन्त्रको पर्दाफास छिट्टै हुन्छ।’

शिपशिखाले विवादित भनेर सार्वजनिक गरिएको भिडियो सुन्ने कुनै पनि मानिसले नारायणकाजीलाई दोषी देख्न नसक्दैन बताए। उक्त भिडियोमा नारायणकाजीको कुनै भूमिका रहेको भन्दै उनले अनावश्यक विवाद उचालेर आफ्ना पद र हैसियतहरु जोगाउनका निमित्त सिर्जना गरिएको यो षड्यन्त्र मात्रै भएको बताएका छन्।

शीपशिखाले भने, ‘जोसँग जे गर्न सक्ने हैसियत छ, उसले त्यही हर्कत गर्ने हो। राजनीति जान्नेले राजनीति र षड्यन्त्र जान्नेले षड्यन्त्र गर्छ। भ्रम फैलाउन जान्नेले भ्रम फैलाउँछ। नेपाली समाजमा २ पक्षबीच झगडा हुँदा अर्को व्यक्तिले मध्यस्थता गरिदिने संस्कार छ। कमानसिंहका सन्दर्भमा पनि नारायणकाजीले त्यही गर्नुभएको हो। नेकपामा षड्यन्त्रको खेतीपाती गर्ने समूहहरु छन्। उनीहरु अहिले नारायणकाजीका विरद्धमा खेती गर्दै छन्। यस्तै हर्कतका कारण तिनीहरु आफैँ समाप्त हुन्छन्।’

प्रधानमन्त्री ओलीको भक्त हुँ, ओलीका लागि धरहराबाटै हाम फाल्छु भन्नेहरु नारायणकाजीका विरुद्धमा लागेको उनले बताए। नारायणकाजीको राजीनामा माग्दै उनलाई पक्राउ गरिनुपर्छ भनिँदै छ नि त भन्ने प्रश्नमा दिपशिखाले भने, नारायणकाजीले के अपराध गर्नुभएको छ ? उहाँको राजीनामा किन माग्ने ? उहाँलाई किन पक्राउ गर्ने ? अपराध गरेकामाथि छानबिन गर्ने हो भने गोकुल बास्कोटाहरुमाथि छानबिन गर्नुर्पयो।

ओम्नीका मतियारमाथि छानबिन गर्नुर्पयो। स्वास्थ्य सामग्रीमाथि भ्रष्टाचार गर्नेहरुलाई छानबिन गर्नुर्पयो। पार्टीका २ जना कमरेडहरु झगडा नगर्नुस् भनेर सम्झाउने मान्छेलाई कारबाही गर्ने ? हाँसो उठ्ने, लज्जाबोध हुने कुरा गर्न कसरी सक्छन् मानिसहरु ?’

उनले पार्टीभित्रका अवसरवादीहरुले नारायणकाजीका विरुद्धमा गरेको षड्यन्त्रले उनीहरुलाई नै समाप्त गर्ने बताए।