काठमाडौं। नेकपा स्थायी कमिटी बैठक सकिएको छ। पुस १ गते बस्ने गरी स्थायी कमिटी बैठक सकिएको हो।
नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आजको स्थायी कमिटी बैठक सकिएको हो। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्को बैठक पुस १ गते बस्ने गरि सकिएको जानकारी दिए।
आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए। यसअघि मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा भने ओली सहभागी भएका थिएनन्।
उनले स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई आरोप पत्र भन्दै उक्त प्रस्तावमाथि छलफल हुन लागेकाले सहभागी हुन नसक्ने व्यहोराको पत्र पठाएका थिए ।



लोकपाटी न्यूज

