काठमाडौं। नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङ खुमलटार गएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न नेम्वाङ खुमलटार गएका हुन्।
आइतबार विहानै संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ आइतबार विहानै खुमलटार पुगेका हुन्। आज दिउँसो एक बजे स्थायी कमिटी बैठक बालुवाटारमा बस्नुअगाडि नेम्वाङले प्रचण्डलाई भेटेका हुन्। भेटपछि नेम्वाङले प्रचण्डसँग एकता पार्टी जोगाउनेबारे छलफल भएको बताए।
नेम्वाङले पार्टीको विवादबारे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा पनि बताएका थिए। नेम्वाङले भने, ‘प्रधानमन्त्री चिन्तित हुनुहुन्छ, तपाईं पनि विभाजन रोक्न सकारात्मक हुनु पर्छ भनेँ।’ गएको २१ मंसिरमा शुरु भएको स्थायी कमिटी बैठक एक साता स्थगित गरेर आज बस्दैछ।



लोकपाटी न्यूज

