काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीका बैठक आज बस्दैछ। छैठौं बैठक दिउँसो १ बजेका लागि पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा तय गरिएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित हुने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। मङ्सिर २१ गते भने ओली उपस्थिति भएका थिएनन्।
उनले पत्र लेखेर आफू नआउनाको कारण खुलाएका थिए। मङ्सिर २१ गते सात दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावसहित सबै दस्तावेजहरू अध्ययनका लागि समय छुट्टयाइएको थियो।
दस्तावेज अध्ययनका अतिरिक्त यसबीचमा सहमति खोज्ने प्रयास पनि भए। ओली–प्रचण्डबीच एक्लाएक्लै छलफल पनि भयो। तर, दुवै पक्ष आ–आफ्नो अडानमा पूर्ववत अवस्थामा रहेको नेकपाका नेताहरू बताउँछन्।



लोकपाटी न्यूज

