काठमाडौं। लोकपाटीकर्मी सुजिता हमाल स्व. बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित भएकी छन्। नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारण सभाको अवसरमा हमाललाई नगदसहित सम्मान गरिएको हो।
उनलाई प्रशंसा पत्र र नगद ११ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको छ। हमालले स्व. बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कार २०७७ बाट आफूलाई सम्मानित गरेकोमा आभार प्रकट गरेकी छन्।
उनले उक्त सम्मानले आफूलाई पेसाप्रति अझ जिम्मेवार बन्न प्रेरणा मिलेको बताएकी छन्।



लोकपाटी न्यूज