काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुँदै गएको बताएकी छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा नेतृ भुसालले चालु संसद अधिबेशन बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता खोसिएको बताएकी हुन्।
उनले आफू सधैँ प्रेस स्वतन्त्रताका पक्षमा रहेको बताएकी छन्। उनले आफू अहिले पनि प्रेस स्वतन्त्रताका पक्षमा दृढतापुर्वक लडिरहेको बताइन्। प्रधानमन्त्री केपी ओलीले संसदको अधिवेशन चल्दाचल्दै गत असार १८ गते अन्त्य गरेका थिए। अधिवेशन अन्त्यको विषयमा असन्तुष्टि जनाउँदै भुसालले अब नियमित अधिवेशन पुस १६-१७ गते पर्खिनु परेको बताइन्।
‘मैले प्रेस स्वतन्त्रताका पक्षमा धेरै लडेँ। अहिले पनि प्रेस स्वतन्त्रताका पक्षमा दृढतापुर्वक लड्छु,’ उनले भनिन्, ‘अहिले संसद अधिवेशन बन्द गर्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको छ।’ अहिलेको युग सूचना प्रविधिको युग भएको बताउदै भुसालले सूचनासम्पन्न व्यक्तिले शक्तिशाली हुने बताइन्।



लोकपाटी न्यूज

