काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार गरेको पीसीआर परीक्षणको नतिजा पोजिटिभ आएको उनले जानकारी दिएका छन्।
शनिबार नेता सिटौलाले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले आफ्नो नजिकको सम्पर्कमा रहेका सबैलाई आवश्यकताअनुसार परीक्षण गर्न र सावधानी अपनाउन सामाजिक सञ्जालबाट अनुरोध गरेका छन्।
अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताएका छन्।



लोकपाटी न्यूज

