काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेन गम्भीर बिरामी भएका छन्।
उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि हिजो साँझ काठमाडौं ल्याइएको छ। झापाको बि एण्ड सी अस्पतालको आइसियूमा उपचाररत उहाँलाई थप उपचारका लागि सेनाको नाइटभिजन हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।
उनलाई ललिपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको छ। हिजो श्वासप्रश्वासमा समस्या आएपछि उनलाई बिएण्डसी अस्पताल भर्ना गरिएको थियो।
अस्पतालले उनलाई निमोनिया भएको जनाएको छ। अहिले उनको अवस्था गम्भीर रहेको बताइएको छ।



लोकपाटी न्यूज

