रमेश भुसाल/ पश्चिम नवलपरासी, २५ मंसिर। मानव अधिकार तथा शान्ति समाज नवलपरासीले ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाएको छ।
पश्चिम नवलपरासीको बर्दघाटमा अयोजना गरेको कार्यक्रममा वोल्ने वक्ताहरुले शान्तिका लागि आणविक हतियार निषेध गर्नुपर्ने बताएका छन्।
कार्यक्रममा संविधान सभा सदस्य विक्रम खनालले देशमा भैरहेको अमानविय व्यवहारलाई राज्यले कम गर्नु पर्ने बताए। देशमा सामाजिक न्याय छ की छैन भन्ने प्रश्नको उत्तर खोज्नु पर्ने समय आएको बताउदै देशको विकासका लागि सामाजिक तथा आर्थिक न्याय हुनुपर्ने खनालको भनाई थियो।
कार्यक्रममा मानव अधिकार तथा शाान्ति समाजका केन्द्रीय सदस्य मोहन विक, कृषि संयोजक कुलदिप आचार्य, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नारायण सुवेदीलागायतले बोल्दै नेपालले आणविक हतियार निषेध सन्धी तत्काल अनुमोदन गर्नुपर्ने बताए।
मानव अधिकार तथा शाान्ति समाज नवलपरासीका अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष कृष्ण नारायण श्रेष्ठ र सञ्चालन सचिव गणेश न्यौपानेले गरेका थिए।



लोकपाटी न्यूज

